गण्डकी प्रदेश सहित तीन प्रदेशमा आजपनि भीषण वर्षाको सम्भावना

aajako mausam

साउन ६, कास्की,

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा अनुसार आज गण्डकी प्रदेश सहित लुम्बिनी र सुदूरपश्चचिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण पहाडी भू(भागमा भू(क्षय र नदी तथा खोलामा पानीको सतह बढ्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

बुधबार बिहान देशभर मौसम बदली रही गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भने भीषण वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।