
जेठ ९, कास्की,
पोखरा चेम्वर अफ कमर्स कास्कीले एक व्यक्ति एक अक्सिजन सिलिन्डर अभियान अन्तर्गत आर्थिक संकलन अभियान सुरु गरेको छ । संस्थाले कोरोना महामारीका कारण सृजित अक्सिजन सिलिन्डर अभाबका कारण पिडितहरुले अकालमा ज्यान गुमाउनु परेको अबस्थालाई मध्यनजर गरि अभियान शुरु गरेको हो ।
यस अभियानमा विभिन्न संस्था तथा व्यक्तिले सहयोग गर्ने क्रम जारी छ। पोखरा चेम्वर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले आइतबार एक प्रेस नोट जारी गर्दै सो जानकारी दिनु भएको हो । सुनारले सो अभियान अन्तर्गत कास्की पोखरा समाज जापानको सहयोगमा पोखरा चेम्वरको समन्वयमा सात लाख रुपैया बराबरको ५ ० वटा सिलिन्डर उपलब्ध गराइसकेको र आर्थिक सहयोग जुट्ने क्रम जारि रहेको जानकारी दिनुभएको छ ।
संकलित आर्थिक सहयोगवाट कास्कीका बिभिन्न स्थानीय तहलाई एक हप्ताभित्र स्वास्थ्य सामाग्री तथा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिने योजना रहेको कार्यक्रम संयोजक प्रेम सुबेदीले जानकारी दिनुभएको छ ।