अमेरिकामा इन्धन पाइपलाइनमा साइबर आक्रमण, सरकारद्धारा आपत्काल घोषणा

cyber accact

बैशाख २७, एजेन्सी

अमेरिकोसबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर आक्रमण भएपछि आइतवार त्यहाँको सरकारले आपत्काल घोषणा गरेको छ । कोरोना महामारीका कारण पाइपलाइनका धेरैजसो इन्जिनियर घरबाट कम्प्युटरमार्फत काम गरिरहेको अवस्थामा आक्रमण भएको बताइएको छ ।
साइबर आक्रमणकारीहरुको एक समूहले शुक्रवार यस पाइपलाइनमा आक्रमण गरेको थियो र अहिलेसम्म यसको मर्मतको काम चलिरहेको छ ।
आपत्काल घोषणा गरिएपछि अब यहाँबाट इन्धनको आपूर्ति पाइपलाइनको साटो सडक मार्गबाट हुन सक्ने भएपछि इन्धनको मूल्य दुईदेखि तीन प्रतिशत बढ्न सक्ने जानकारहरुले बताएका छन् ।
विभिन्न सूत्रले यस ¥यान्समवेअर आक्रमण डार्कसाइड नामक साइबर आपराधिक समूहले गराएको पुष्टि गरेका छन् । कम्पनीले भने आफ्नो सेवा सुरु गर्न प्रहरी, साइबर सुरक्षा विशेषज्ञ र ऊर्जा विभागको सम्पर्कमा रहेको जनाएको छ ।