आजदेखि ‘एमसीसी खारेजी अभियान’ घोषणा

mcc

साउन ३०, कास्की,

अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा ‘एमसीसी खारेजी अभियान’ को घोषणा भएको छ ।

निर्ग जैसीको संयोजकत्वमा शनिबार काठमाडौँको प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पस अगाडि प्रदर्शनसहित विशेष कार्यक्रम गरेर अभियानको घोषणा भएको हो ।

‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, एमसीसी सम्झौता खारेज गरौँ’ भन्ने नारासहित युवाहरुले प्रदर्शन समेत गरेका छन् । अभियानमा ५१ जना सदस्य रहेका छन् । एमसीसी राष्ट्रघाती रहेको भन्दै अभियानले पूर्ण रुपमा खारेजीको माग गरेको छ ।