मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया असंवैधानिक : विपक्षि दल

गण्डकी-प्रदेशसभामा

बैशाख ३०, कास्की,

गण्डकी प्रदेशमा विपक्षि गठबन्धनले बहुमत पुर्याउन नसकेपछि राजिनामा दिईसकेका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ्ले पुनः पदभार सम्हाल्नुभएको छ । एमालेको संसदीय दलका नेताको हैसियतमा पुनः पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

तर, चार विपक्षी गठबन्धनले प्रदेश प्रमुखले असंवैधानिक काम गरेको बताएका छन् । प्रदेश प्रमुखले अनावश्यक फैसला गरेर संविधानको घोर अपमान गरेको उनीहरुको ठहर रहेको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, नेकपा माओवादी केन्द्र संसदीय दल नेता हरिबहादुर चुमान, राष्ट्रिय जनमोर्चा सचेक पियारी थापा र जनता समाजवादी पार्टी संसदीय दलका तर्फबाट धनमाया लामाले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।