पोखराका ६ सहित गण्डकीमा आज मात्रै थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि

deth

बैशाख २८, कास्की,


कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप १२ जनाको मृत्यु पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी पहिलो र दोस्रो विज्ञप्ति अनुसार पोखराका विभिन्न अस्पतालमा उपचाररत ११ जना र म्याग्दी जिल्लाको बेनी अस्पतालमा उपचाररत एक जना गरी आज १२ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको हो ।
आज मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिकाका मात्रै ६ जना छन् भने, म्याग्दीका दुई जना, तनहुँका एक जना, स्याङ्गजाका एक जना र रुपन्देही जिल्ला घर भइ हाल पोखरामा उपचाररत दुई जना रहेका छन् । योसंगै, गण्डकीमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २८८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा हिजोमात्र थप ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी कास्कीका २ सय ९८ जना रहेका थिए ।

हेर्नुहोस् पूरा विवरण…