आजको मौसम : भारी वर्षाको सम्भावना कायमै

mausam

साउन ७, कास्की,

हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले गण्डकी प्रदेश सहित देशभरका धेरैजसो स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदलीहुँदा गण्डकी प्रदेशको पोखरा सहित प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेश र प्रदेश १ का केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। साथै पहाडी भूभाग केहि स्थानहरुमा भिषण वर्षाको सम्भावना रहेको छ ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मसुनि प्रणालि सक्रिय रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन मौसमविदले आग्रह गरेका छन् ।
साथै लामो यात्रा गर्दा सडकको अवस्थाबारे बुझेर मात्र यात्रा गर्न र बाढि पहिरेले निम्त्याउन सक्ने दुर्घटनाबाट संयमित भएर यात्रा गर्न पनि मौसमविदको सुझाव रहेको छ ।