सत्तारुढ गठबन्धनको बैठकमा एमाले नेता नेपाल पनि सहभागी

Gathabandan-Meeting

साउन ९, काठमाण्डौ,


सत्तारुढ गठबन्धनको बैठक सम्पन्न भएको छ । शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुबीचको बैठक करिब एक घण्टा चलेको थियो ।
बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।
बैठकमा गठबन्धनलाई अझ मजबुद् बनाएर लैजाने र सरकारलाई प्रभावकारी बनाउने तथा मन्त्रिपरिषद् विस्तारलगायत वियमा छलफल भएको माओवादी अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो ।