आज पनि चट्याङसहित पानी पर्ने सम्भावना, यसपालिको मनसुनमा औसत भन्दा बढि वर्षा हुने

chattyang sahit barsa

बैशाख २४, कास्की,

आज देशैभरीको मौसम बदली हुने र पश्चिमी क्षेत्रका अधिकांश जिल्ला सहित देशका पहाडि भेगमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार गण्डकी प्रदेशका पहाडि भेग सहित पोखराको मौसम पनि साान्यतया बदली हुनेछ । पोखरामा आज साँझपख हलका वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर २० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४१ मिनेटमा हुनेछ ।
यसैबिच
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुन अवधिमा गण्डकी प्रदेशको मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । त्यहाँ ३५ देखि ६५ प्रतिशत वर्षा हुने अनुमान छ ।

उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा (हिउँ) हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले मनसुन अवधिमा हुने तापक्रम र वर्षाको अवस्थाबारे अनुमान गरीे सार्वजनिक गरेको हो ।

औषतभन्दा बढी वर्षाले मुलुकमा बाढी पहिरोको सम्भावना बढी हुने भएकाले अहिलेदेखि नै सावधानी र क्षति न्यूनीकरणका कार्यक्रम तीब्ररूपमा अघि बढाउनुपर्ने मौसमविद्को भनाइ छ ।

यसपाली आगामी जेठ १८ गतेदेखि नेपालमा मनसुन भित्रिँदै छ । यसको अवधी १४ असोजसम्म रहने जनाइएको छ । गत वर्ष मनसुन शुरु भएको दिनदेखि नै भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको थियो ।

विभागका उपमहानिर्देशक डा अर्चना श्रेष्ठले गत वर्ष बाढी पहिरोले क्षति पुर्याएको ठाउँमा र भूकम्पले असर गरेको क्षेत्रमा यसपाली पनि विशेष सावधानी अपनाउन सुझाव दिनुभएको छ ।