भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च

corona test final

बैशाख २९, एजेन्सी,


भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २ सय ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको यो संख्या हालसम्मकै उच्च हो ।
मंगलबार मात्र ४ हजार १ सय ८७ जनाको मृत्यु भएको थियो । यस्तै थप तीन लाख ४८ हजार ४ सय २१ जनामा संक्रमण देखिएको छ । सक्रिय संक्रमितको संख्या ३७ लाख ४ हजार ९९ रहेको छ ।
यता भारतमा हालसम्म १७ करोड ५२ लाख ३५ हजार ९९१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।