बाघले आक्रमण गरि दुई युवालाई घाइते गराएपछि स्थानियले बाघ नै मारिदिए

tiger

असार ४, कास्की,

कास्कीमा शुक्रवार मानिसलाई आक्रमण गरेको बाघलाई स्थानियले मारिदिएका छन् ।

शुक्रवार बिहान ८ बजे बारीमा घाँस काट्न जाँदा अचानक बाघ देखि भाग्ने क्रममा कास्कीको रुपा गाउँपालिका ७, धारा पानीका ३४ वर्षीय तुल बहादुर गुरुङलाई बाघले आक्रमण गरेको र वाघको प्रतिकार गर्ने क्रममा सोहि स्थानका ३२ वर्षीय मिलन गुरुङ घाइते भएपछि स्थानियले बाघलाई नै मारेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

घाइते दुवै जनालाई उपचारको लागी भिरचोक स्वास्थ्य चौकी पठाइएको र थप अनुसन्धान जारि रहेको डिएसपी अर्यालले बताउनुभयो ।