पत्रकार पौडेलको कोरोना संक्रमणबाट निधन

fb

बैशाख ३०, पोखरा,


पोखराका पत्रकार, गण्डकी टेलिभिजनका प्रबन्धनिर्देशक गणेश पौडेलको आज बिहान गण्डकी मेडिकल कलेजमा निधन भएको छ । ३८ वर्षीय पत्रकार पौडेलको कोरोना संक्रमणका कारण निधन भएको अस्पताल स्रोतले बताएको हो ।
वैशाख १८ गते कोरोना संक्रमण देखिए लगत्तै अस्पतालमा भर्ना भई उपचारत रहनुभएका उहाँको उपचारको क्रममा आज बिहान निधन भएको हो । स्वर्गीय पौडेलका श्रीमती र दुई छोरा हुनुहुन्छ ।
कास्की जिल्लाको पोखरा–३३ बागमारा निवासी पत्रकार पौडेल विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।
पोखरास्थित गण्डकी टेलिभिजनको स्थापनाकालदेखि काम गर्नुभएका पौडेलले पछिल्लो समय उक्त टेलिभिजनमा निर्देशकको जिम्मेवारी वहन गर्दै आउनु भएको थियो । उहाँकै व्यवस्थापनमा रहेको गण्डकी छड्के कार्यक्रम देशैभर चर्चित रहेको छ । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको भन्दै पोखरेलि पत्रकारहरुले समबेदना प्रकट गरेका छन् ।