देशभर बिहिबार पनि कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुने धेरै, गण्डकीका थप १ हजार ७ सय ३३ जनामा कोरोना पुष्टि

corona desvar

जेठ १३, पोखरा,

बिहिबार पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । बिहिबार ६ हजार नौ सय ३९ जना सङ्क्रमित थपिँदा ७ हजार २ सय २६ जना निको भएका छन् । योसँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख १८ हजार ८ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

२० हजार ४ सय १४ जनाको पीसीआर परीक्षण गर्दा ६ हजार सात सय ३१ जना र ५ सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ८ जना गरी ६ हजार ९ सय ३९ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म संक्रमण पुष्टि हुनेको सङ्ख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ ।

यस्तै बिहिबार थप १ सय ६ जनाको संक्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ९ सय ५१ पुगेको छ । अहिले नेपालमा एक लाख १६ हजार चार सय ७६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ ।


यसैबिच बिहिबार गण्डकीका १ हजार ७३३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका ३ हजार ३९९ जनामा गरिएको नमुना परीक्षणमा उक्त सङ्ख्याका मानिसको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमितमा कास्कीका ४ सय ४५ जना सहित तनहुँका १७० जना, गोरखाका २१९ जना, लमजुङका ६५ जना, नवलपुरका १११ जना र स्याङ्गजाका ९५ जना, पर्वतका ११९ जना, बाग्लुङका ४१६ जना र म्याग्दी जिल्लाका ९३ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३९ हजार ६८७ पुगेको छ । जसमा ११ हजार २६७ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बिहिबार गण्डकीबाट १ हजार १८८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २७ हजार ८२६ पुगेको छ ।

त्यस्तै बिहीबार पनि गण्डकीमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । मृत्यु पुष्टि हुनेमा कास्कीका ६ जना,स्याङ्गजाका चार जना, नवलपुरका तीन जना, पर्वतका दुई जना तथा तनहुँ र म्याग्दीका एक–एक जना रहेका छन् । बिहिबार मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ सय ९४ पुगेको निर्देशनालयले जनाएको छ ।