प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता

madhab oli

बैशाख ३०, काठमाण्डौ,


प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । उहाँहरूबीच व्यवसायी रामेश्वर थापाको घर बूढानीलकण्ठमा भेटवार्ता भइरहेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

बिहीवार बिहान बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललगायत चार नेतामाथि गरिएको कारबाही फिर्ता गरेको छ । बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

माधव नेपाल पक्षले आफ्ना माग पूरा नभए आजै ४ बजे राजीनामा दिने तयारी गरेको छ ।