शेयर बजार सामान्य बढ्दा १४ अर्ब ३० करोडको कारोबार

nepse aaja

साउन २४, कास्की,

हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेकोे छ । दिनभरि निकै उतारचढाव भएको नेप्से परिसूचक बन्द हुँदा भने जम्मा शून्य दशमलव ६६ अङ्कले बढेर ३ हजार १ सय ८ दशमलव १२ विन्दुमा पुगेको छ ।

आज विकास बैंक समूहको शेयर ६६ अङ्कले बढेको छ । यस्तै जलविद्युत् समूहको शेयर एक सय १५ अङ्कले, फाइनान्सको २२ र उत्पादन समूहको शेयर तीन अङ्कले बढेको छ । होटल, व्यापार, बीमा, माइक्रोफाइनान्स, अन्य र लगानी समूहको शेयर भने घटेको छ ।

आज कर्पोरेट विकास बैंक, अपी पावर कम्पनी, युनिभर्सल पावर, ङादी ग्रुप पावर, जीवन विकास लघुवित्त र युनियन लाइफ कम्पनीको शेयर १० प्रतिशले बढेर सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा धेरैजसो लघुवित्त कम्पनी रहेका छन् । आज दुई सय २७ कम्पनीका दुई करोड ६९ लाख ३९ हजार कित्ता शेयर १४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएका छन् ।