कास्कीमा १४६ सहित देशभर थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टी, ४३ जनाको मृत्यु

corona update

साउन १, कास्की

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १ हजार १२३ जनाको नमुना परीक्षण गरिएकोमा थप ३ सय ८१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थप संक्रमितहरुमा कास्की जिल्लाका ७८ जना पुरुष तथा ६८ जना महिला गरी १४६ सहित पर्वतका ७३ जना, नवलपुरका ४१ जना, बाग्लुङका ३९ जना, ,स्याङ्जाका ३५ जना, तनहुँका २० जना, मुस्ताङका ११ जना, लमजुङका ८ जना, म्याग्दीका ५ जना, मनाङका २ जना र गोरखाका १ जना रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६० हजार ९ सय पुगेको छ । पछिल्लो २४ घण्टामा ३६६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ६२ पुगेको छ ।

गण्डकीमा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्की, नवलपुर र स्याङ्गजाका एकएक जना रहेका छन् ।
यो सँगै हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १७ पुगेको छ ।
यसैबिच
नेपालमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यो हप्ताको शुरुआतमा मृतक घटेकामा फेरि बढ्दै गएका छन् । शुक्रबार अर्थात पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार पाँच सय ६ जना पुगेको छ । 
कोरोनाका संक्रमित पनि बढ्दै गएका छन् । शुक्रबार १४ हजार १ सय ८२ जनाको परीक्षणबाट २ हजार ९ सय ३६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै देशभर सक्रिय संक्रमित बढेर २६ हजार ८ सय २७ पुगेका छन् । शुक्रबार १ हजार ७ सय ७५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कुल संक्रमितको ९४ दशमलव ५ प्रतिशतलाई निको भएको छ ।