भावना सामुदायिक कृषि सहकारीको वृद्धहरुलाई सहयोग

bhawana 1

साउन ३१, कास्की,

भावना सामुदायिक कृषि सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरपारि वृद्ध वृद्धाहरुलाई सहयोग गरेको छ ।

पोखरा १८ सराङ्कोटमा अवस्थीत सहकारीले स्थापना दिवसको अवसरमा आज कोरोना विरुद्धको खोप लगाउन आउने २०० भन्दा धेरै वृद्धवृद्धाहरुलाई जुस र पानि दिएर सहयोग गरेको हो । ६५ वर्ष भन्दा माथिको उमेरसमुहका २०० भन्दा बढि वृद्धहरुलाई कोरोनाको वारेमा अवगत गराउँदै सो सहयोग गरिएको संस्थाले बताएको छ । यसअघि पनि विभिन्न समयमा विषेशगरि व्यवसायिक कृषकहरुलाई सहयोग गर्दै आएको संस्थाले आगामि दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिईने जनाएको छ ।