पोखरामा साउन २६ बाट राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण गर्दै

nepali-team

साउन २४, कास्की,

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले पोखरामा दुई साता प्रशिक्षण गर्ने भएको छ ।

आसन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीका ३६ खेलाडी तथा प्रशिक्षक र टिम व्यवस्थापकसहित ४५ सदस्यीय टोलीले यही साउन २६ गतेदेखि कम्तीमा दुई साता पोखरामा प्रशिक्षण गर्ने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

राष्ट्रिय टोलीले मुख्यगरी पोखरास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा अभ्यास गर्ने छ । यसबाहेक नेपाली सेनाको विजयपुर बाहिनीअन्तर्गतको खेलमैदान, सशस्त्र प्रहरीको खेलमैदान र सहारा क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सहारा एकेडेमीको मैदानमा समेत अभ्यास गर्ने योजना रहेको बताइएको छ ।