जुडोको ‘टिम म्यानेजर’ बनेर एमाले नेता वामदेवपत्नी पनि टोकियो ओलम्पिकमा

tu

साउन ६, कास्की

शुक्रबारदेखि सुरु हुने टोकियो ओलम्पिकमा नेपालले चार खेलमा पाँच खेलाडी उतार्दै छ । उनीहरुसँग् चार प्रशिक्षक पनि छन् ।

तर, व्यवस्थापकका नाममा १५ खेल पदाधिकारी टोकियो जाँदै छन् । त्यसरी जानेमा एमले नेता वामदेव गौतमकी पत्नी तुलसा थापा पनि छिन् ।

सांसदसमेत रहेकी उनले जुडोको ‘टिम म्यानेजर’ बनेर टोकियो सयर गर्नेछिन् । नेपालले जुडोसँगैं सुटिङ, पौडी र आर्चरीमा प्रतिस्पर्धा गर्दैछ ।

तर टोकियो जानेमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र एनओसीका पदाधिकारी धेरै छन् । एनओसीबाट आठ, परिषद्बाट तीन र मन्त्रालयका सचिव केदार न्यौपाने टोकियो जाँदै छन् । नयाँ पत्रिका

खेलकुदमा चाकरीको पराकाष्ठा

राष्ट्रिय खेलकुद परिषद्ले कबड्डी सङ्घको पुनर्गठन गरेपछि खेलकुदको विवाद चरमोत्कर्षमा पुगेको छ । अवैधानिक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाको दबाब र हस्तक्षेपमा राखेपका सदस्यसचिव केशवकुमार विष्टले कबड्डी सङ्घको पुनर्गठन गरेका हुन् । विगत लामो समयदेखि समानान्तर सङ्घको रूपमा रहेको कबड्डी सङ्घमाथि एमालेकरण गर्न सदस्यसचिव विष्टले एनओसीका अध्यक्ष श्रेष्ठको इसारामा यस्तो गैरकानुनी हर्कत गरेका हुन् । राखेपले कबड्डी सङ्घका निर्वाचित अध्यक्ष लालकुमार लामाले उक्त खेलको विकासका लागि कुनै कार्य नगरेको आरोप लगाउँदै सहमतिमै पुनर्गठन गरेको दाबी गरेको छ । राखेपले लामाको कमिटीलाई विघटन गर्दै एमालेका नेता वामदेव गौतमकी पत्नी तुलसा थापाको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको थियो । उक्त कार्यसमितिमा अध्यक्ष लामालाई वरिष्ठ उपाध्यक्षमा राखिएको छ । जसको जानकारी पुनर्गठन गर्ने राखेपबाहेक कसैलाई थाहा छैन । प्राप्त जानकारीअनुसार खेलकुदमा एमालेकरण गर्न र राप्रपाको पत्तासाप गर्न यो षड्यन्त्र रचिएको स्रोतको दाबी छ । अन्यथा एउटा निर्वाचित सङ्घलाई शक्तिको आडमा राखेपले कदापि विघटन गर्ने थिएन । राखेपको यो कदमले अब निर्वाचित कमिटीको हैसियत पनि शक्तिको अगाडि शून्य भएको छ । यसले खेलकुदमा अराजकता ल्याउने पक्का भएको छ ।

प्राप्त जानकारीअनुसार आफ्नो कार्यकाल सकिएपछि पाँच महिनाअघि नेपाल कबड्डी सङ्घका पदाधिकारीले निर्वाचनका लागि राष्ट्रिय खेलकुद परिषद्सँग स्वीकृति मागेका थिए । चार–पाँचपटकसम्म निर्वाचनका लागि स्वीकृति माग्दासमेत राखेपले आलटाल गर्दै आएको थियो । बिस्तारै निर्वाचन गरे भइहाल्छ भन्दै दुई साता पहिले कबड्डीको रेफ्री प्रशिक्षण कोर्सका लागि अध्यक्ष लामालाई तीन लाखसमेत राखेपले दिएको थियो । तर, विडम्बना अहिले सम्पूर्ण तयारी भएर प्रशिक्षण गराउने समयमा राखेपले कबड्डी सङ्घलाई विघटनसँगै पुनर्गठन गरेर कबड्डीको हुर्मत लिन कार्य गरेको छ । यदि राखेपको यस्तै मनसाय थियो भने किन प्रशिक्षणका लागि तीन लाख दियो ? अहिले यो प्रश्न अहम् बनेको छ । राखेपको यो हर्कतले सङ्घहरूलाई विवादित बनाउँदै लगेको छ भने त्यसमा कबड्डी सङ्घ पनि परेको छ । यसअघि राखेपको अदूरदर्शिताकै कारण क्रिकेट सङ्घमा दुईवटा सङ्घ बनेका छन् भने क्रिकेट अहिले निलम्बनमा समेत परेको अवस्था छ । त्यस्तै नेपाल बक्सिङ सङ्घ लोकतान्त्रिक तरिकाले निर्वाचन गराउँदासमेत अहिलेसम्म मान्यता पाएको छैन । यसैगरी नेपाल टेबुलटेनिस सङ्घको विवाद र जन्मिएको अर्को सङ्घबारे राखेपको मौनता र ओलम्पिक कमिटीको चलखेल आफैँमा अनुत्तरित छ । एनओसीकै व्यापक चलखेल र हस्तक्षेपका कारणले एउटा सङ्घ दुईवटा हुँदै गइरहेको अवस्थामा राखेपले अप्रत्यक्ष रूपमा एनओसीको दासत्व स्वीकार गर्नु खेलकुदका लागि ठूलो दुर्भाग्य भएको छ ।
श्रीविक्रम भण्डारी ghatanarabichar.com