मंगलग्रहमा पुगेको चीनको रोभर सतहमा गुड्यो : यसले अर्बिटरको सहायताबाट आफ्नो डाटा पठाउने

china

जेठ ९, एजेन्सी,

गत साता मंगलग्रहमा अवतरण गरेको चीनको रिमोट कन्ट्रोल्ड रोभर अहिले त्यहाँको सतहमा गुड्न थालेको छ । आफ्नो ल्यान्डिङ प्लेटफर्मबाट यो रोभर उक्त ग्रहको सतहमा गुड्न थालेको हो ।

मंगलग्रहमा रोभर सञ्चालन गर्ने अमेरिकापछि चीन दोस्रो देश हो । यस झुरोङ रोबर्टले उक्त ग्रहको सतहमा रहेका चट्टान र वातावरणबारे अध्ययन गर्दैछ । यसले कुनै सतह, पानी वा हिऊँमा जीवन छ या छैन भन्ने संकेत पनि हेर्नेछ ।

zhurong-china-mars-lander

गत वर्षको जुलाईमा अर्बिटर, ल्यान्डर र रोभर समावेश चीनको तियन्वेन–१ मिशन लन्च गरिएको थियो ।

यस मिशनका प्रमुख सहायक कमाण्डर झाङ युहुवाले ९२ दिनसम्म मंगलग्रहमा सञ्चालन गर्नका लागि यस रोभेर डिजाईन गरिएको जानकारी दिएका थिए । यसले अर्बिटरको सहायताबाट आफ्नो डाटा पठाउने पनि उनले जनाएका थिए ।

गत बुधबार झुरोङले मंगलग्रहमा खिचिएको तस्विर अर्बिटरमार्फत पठाएको थियो । यतिबेला यो रोबर्ट ल्यान्डिङ प्लेटफर्ममा थियो र उसको अगाडिको भूभाग तस्विरमा देखिएको थियो ।