गण्डकी सहित देशका धेरैजसो स्थानमा भारी वर्षाको सम्भावना

aajako mausam

साउन ४, कास्की,

देशभर मौसम वद्ली हुँदा आज गण्डकी प्रदेश सहित देशभरका अधिकांस जिल्लामा भारी वर्षाको सम्भावना रहेको छ ।

barsa


आज विहानैदेखि गण्डकी प्रदेशको राजधानि पोखरा सहित प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तरर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश‚ प्रदेश १, बागमती‚ लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा अति भारी वर्षा हुने जनाएको छ ।
त्यस्तै आजराति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।