
जेठ २१, काठमाण्डौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाका लागि छुट्याउन अस्पतालहरूलाई अनुरोध गरेको छ ।
सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालहरूलाई पत्र पठाएर मन्त्रालयले २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाको उपचारका लागि प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्न भनेको हो ।
पहिलो र दोस्रो लहरमा प्रौढ तथा युवा व्यक्तिहरू बढी सङ्क्रमित भएको र तेस्रो वा त्यसपछि आउने लहरहरूमा बालबालिका बढी प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै मन्त्रालयले अक्सिजनको व्यवस्थापनसमेत गर्न अस्पतालहरूलाई भनेको छ ।