अफगानिस्तानबाट नेपालीको उद्धार गरिँदै

afgaan

भदौ १, काठमाण्डौ,

अफगानिस्तानबाट नेपाली नागरिकको उद्धार सुरु भएको छ । पहिलो खेपमा १ सय २७ नेपालीको सकुशल उद्धार गर्दै स्वदेश ल्याइएको छ । तालिबानी विद्रोहीले अफगानिस्तान कब्जामा लिएसँगै रोजगारीका लागि त्यहाँ रहेका नेपालीको सुरक्षा चिन्ता बढेको बेला अमेरिकीको सहयोगमा मंगलबार उनीहरूलाई नेपाल ल्याइएको हो ।

स्वदेश फर्काइएका नागरिकहरूको भनाइबाट अफगानिस्तानमा रहेका नेपाली कुन उकुस–मुकुसमा छन् भनेर सहजै अनुमान लगाउन सकिन्छ । अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत १ सय २७ जनालाई त अमेरिकी दूतावासले नै नेपाल ल्याइदियो । तर, अरुको हालत कहालीलाग्दो रहेको स्पष्टै बुझ्न सकिन्छ ।

त्यहाँबाट उद्धार गरी कतारको दोहा पु¥याइएका अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत उनीहरूलाई जजिरा एयरको चार्टर विमानबाट नेपाल उतारिएको छ । यो पहिलो प्रयास हो । द्वन्द्वग्रस्त अफगानिस्तानमा रहेका बाँकी नेपालीलाई पनि छिट्टै स्वदेश ल्याउन सरकार लागेको सीसीएमसीका अध्यक्ष बालानन्द शर्मा पौडेल बताउनुहुन्छ ।

अफगानिस्तानको पछिल्लो राजनीतिको असहजताको भुङ्ग्रोबाट उम्केर स्वदेश फर्केकाहरूले अब देशमै श्रम र सीप खर्चिने योजना सुनाएका छन् ।
यसैबिच सरकारले उपलब्ध नम्बर र सामाजिक सञ्जालमा विवरण टिपाउन मन्त्रालयले सम्बन्धित व्यक्ति र परिवारका सदस्यलाई अनुरोध समेत गरेको छ ।

अफगानिस्तानमा रहेका नेपालीले धधध।लभउबअियलकगबिच।नयख।लउ मा गएर आफ्नो विवरण भर्न सक्नेछन् । अफगानिस्तानमा रहेका नेपाली वा उनीहरूका परिवारका सदस्यले पनि यो वेबसाइटमार्फत विवरण टिपाउन सक्छन् ।

यस्तै मोबाइल नम्बर ९७४९३२६४५८ मा कन्सुलर सेवा विभागमा र ९७४९३२६४५९ मा परराष्ट्र मन्त्रालयमा फोन गरेर पनि आफ्नो अवस्थाबारे जानकारी गराइ विवरण टिपाउन सक्नेछन् ।

मंगलबार बिहान ११८ जना नेपाली स्वदेश आइपुगेका छन् । अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा रहेका ३ सय ८५ मध्ये १ सय १८ जना बिहान स्वदेश आइपुगेका हुन् ।