मौसम सक्रिय हुँदा देशभर भारी वर्षाको सम्भावना

mausam

साउन २८, कास्की,

आजदेखि देशभरको मौसम थप सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाकि मौसम विद शान्ति कंडेलका अनुसार मनसुनको न्यूनचापीय रेखा आज नेपालको तराई भूभाग नजिक आइपुगेकाले आजदेखि आगामी ३,४ दिन सम्म देशभर मनसुन सक्रिय रहि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसमविद् कंडेलले भन्नुभयो, “अबको केही दिन देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ ।”

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशको राजधानि पोखरा सहित प्रदेश नं १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी सहित प्रदेश नं १, २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

वर्षाले बाढि पहिरोको जोखिम बढाउने हुँदा विषेश गरि नदि तथा खोलाको तटिय क्षेत्रमा रहेका वासिन्दा, साथै पहाडको छेउछाउमा रहनेले सतर्कता अपनाउनुपर्ने मौसमविदको सुझाव रहेको छ ।