गण्डकीका ६६३ सहित देशभर ४ हजार ३ सय ४४ जनामा कोरोनो संक्रमण पुष्टि

update

जेठ २६, कास्की,

पछिल्लो २४ घण्टामा गण्डकीका ६६३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २ हजार १ सय ४४ जनामा गरिएको परीक्षणमा ६६३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमित मध्य कास्की जिल्लाका ९१ जना रहेका छन् । योसंगै प्रदेशभर कोरोना संक्रमितको कूल संख्या ४८ हजार ४ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट १ हजार ७ सय ३३ जना संक्रमणमुक्त भएसँगै
संक्रमणमुक्त हुनेको कुल संख्या ४० हजार ८ सय ५३ पुगेको छ ।

बुधबार पनि गण्डकीमा संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । मृतकमध्य पोखराका दुई जना सहित तनहुँ र म्याग्दी दुईदुई तथा नवलपुरका तीन र पर्वतका एक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ७ सय ९९ पुगेको छ । अहिले प्रदेशमा ७ हजार ६ सय १९ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
गएको २४ घण्टामा देशभर ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार चार सय ४९ जनामा र चार हजार पाँच सय ६८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पाइएको हो ।

यस्तै कोरोना भाइरसको सङ्क्रमणका कारण बुधबार थप ८१ जनाको ज्यान गएको छ । २४ घण्टामा पाँच हजार सात सय ६८ जना कोरोनामुक्त भएसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८० हजार तीन सय ३६ पुगेको छ । यसमध्ये ७४ हजार आठ सय ३८ जना होम आइसोलेनशमा छन् । अहिले कोरोनामुक्त हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको छ ।