गण्डकी प्रदेश सरकारले छिट्टै पूर्णता पाउछ : मन्त्री खड्का

kumar-khadka

साउन ४, कास्की

गण्डकी प्रदेश सरकारले छिट्टै पूर्णता पाउने शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले बताउनुभएको छ ।

नेपाली काँग्रेस पोखरा महानगरपालिका– १६ द्वारा सोमबार आयोजित ‘सम्मान तथा वडा अधिवेशन’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले प्रदेशमा एक÷दुई दिनमै मन्त्रिमण्डल हेरफेर तथा बिस्तार गरिन लागिएको जानकारी दिनुभएको हो ।

मन्त्रालय बाँडफाँडको सम्बन्धमा गठबन्धनमा सहमति भइसकेको भन्दै मन्त्री खड्काले प्रदेशसरकारले जनताको जिवन रक्षालाई प्राथमिकतामा राखेर कार्यक्रमहरु अगाडि बढाईएको बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका–१६ का काँग्रेस सभापति होमबहादुर बानियाँ, नेपाल तरुण दलका सभापति विक्रम बस्नेत, पूर्व इकाइ सभापति शिवराज देवकोटा लगायतले मन्त्री खड्कालाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

साथै सोहि कार्यक्रममा काँग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका अनुसार साउन १२ गते हुने वडा अधिवेशन गर्न एक कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य एवं गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री खड्का, वडा सभापति बानियाँ, सहसभापति दिलनाथ आचार्य, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, महाधिवेशन प्रतिनिधि राधाकृष्ण गुरुङ र पदमसिंह गुरुङ, अधिवक्ता हरिप्रसाद भट्टराईलगायत रहनुभएको छ ।