प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन साउन ३ गते आह्वान

Bidhya bhandari

असार ३१, काठमाण्डौ,


प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आउँदो साउन ३ गतेका लागि आह्वान भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन तीन गते दिउँसो ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । यसअघि विहिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन साउन ३ गतेका लागि बोलाउन राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो । यस्तै बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ ।
गएको सोमवार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै संसद अधिवेशन साउन ३ गते बेलुकी ५ बजेभित्र बोलाउन आदेश दिएको थियो ।