गण्डकी प्रदेशलाई छिट्टै पूर्ण खोप घोषणा गरिन्छ : मन्त्री श्रेष्ठ

IMG20210805095115_01

साउन २२, कास्की,

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेशलाई छिट्टै पूर्ण खोपको घोषणा गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस स्याङ्जा पोखरा सम्पर्क समितिले बिहिबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले जतिसक्दो छिटोे सबै जनतालाई कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने लक्ष्यका साथ कार्यक्रमहरु अगाडि बढेको बताउनुभएको हो ।
“गण्डकी प्रदेशका २ वटा जिल्लालाई पूर्ण खोप घोषणा गरिसकेको छ । बाँकी जिल्लामा पनि पूर्ण खोपको अभियानमा लागेको छौं, चाडौ पूरा हुन्छ” उहाँले भन्नुभएको छ ।

फरक प्रसंगमा मन्त्री श्रेष्ठले आफू नेविसंघ मार्फत राजनीतिमा प्रवेश गर्दै गर्दा शिक्षामा भएका कमीकमजोरीको बारेमा जानकारी भएको भन्दै शिक्षालाई स्तरीय बनाउन र व्यवसायीक बनाउन आँफु लागि पर्ने बताउनुभयो ।
शिक्षाका चुनौती र सामाधानका विषयमा गहन अध्ययन भैरहेको भन्दै उहाँले त्यसलाई केलाएर साउन महिना भित्र नै शिक्षा निति घोषणा गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ का सभापति तुलसी रेग्मी, संविधान सभा सदस्य राजु थापा, नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार राना, सुजन गहतराज, निहाक पौड्याल, विष्णु खनाल लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।


नेपाली कांग्रेस स्याङ्जा पोखरा सम्पक समितिका सचिव धुव्र पोखरेलले सञ्चालन गरेको कार्यक्रम समितिका अध्यक्ष पवन नेपालको सभापतित्वमा भएको कार्यक्रममा समितिका उपाध्यक्ष तिलक पौडेलले सम्पूर्ण अतिथिलाई स्वागत गर्नुभएको थियो ।