संसद विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन (फोटो फिचर)

putla dahan

नेपाल तरुण दलले विघटनविरुद्ध आन्दोलन जारी राख्ने


जेठ ११, काठमाण्डौ,

संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघ (नेबिसंघ)ले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हुन् ।

नेबिसंघ संकरदेव क्याम्पस इकाईद्वारा पुतलीसडकमा आयोजित बिरोध कार्यक्रमको नेतृत्व संघका महामन्त्री बलदेव तिमल्सिनाले गर्नुभएको थियो ।

बिरोध प्रदर्शनका क्रममा ‘म खड्ग प्रसाद ओली विद्या भण्डारीको मिलेमतोमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान मास्न प्रतिबद्ध छु, यो मेरो प्रतिज्ञा हो ।’ लेखिएको प्ले कार्ड र पुत्लासहित सडकमा प्रदर्शन पछि विद्या खड्ग प्रबृत्तिको अन्त्यको निम्ति प्रतीकात्मक अन्त्यष्टी गरिएको कार्यक्रमका सम्योजक नेबिसंघ शंकर देव क्याम्पसका नेता दिपक ओझाले बताउनुभयो । बिरोधमा सहभागीले कालो लुगा लगाएका थिए ।


यसैबिच
नेपाल तरुण दलले कोरोना महामारीकाबीच पनि संसद विघटनविरुद्ध आन्दोलन जारी राख्ने निर्णय गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार परिपत्र जारी गर्दै प्रतिनिधिसभा विघटनलगायत सरकारका गैरसंवैधानिक कदमबिरुद्ध स्वास्थ्य मापदण्ड अपनाएर विरोध प्रर्दशनलाई निरन्तरता दिन जिल्ला शाखाहरुलाई निर्देशन दिनुभएको छ ।

तरुण दलले अन्य दलका भ्रातृसंगठन वाइसीएल, समाजवादी युवा संघ, युवा संघ नेपाल, अखिल युवक संघ, विवेकशील साझा युवा संगठनसंग समन्वय गरी सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्न परिपत्रमार्फत निर्देशन दिएको छ ।