गण्डकीका ६८० सहित देशभर थप ३ हजार ४ सय ८१ जनामा कोरोना पुष्टि

corona

साउन २७, कास्की,

बुधबार गण्डकी प्रदेशका थप ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२५६ जनामा गरिएको नमुना परीक्षणमा थप ६८० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १९७ जना, सहित गोरखाका १२१ जना, पर्वतका ८८ जना, बागलुङका ८४ जना, स्याङ्गजाका ६८ जना, नवलपुरका ५४ जना, तनहुँका ३४ जना, लमजुङका २३ जना, म्याग्दीका १० जना र मुस्ताङका १ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५१९ जना कोरोनामुक्त भएसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ८६ पुगेको छ ।

त्यस्तै बुधबार गण्डकीमा थप ५ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्की, बागलुङ र तनहुँका एकए जना सहित स्याङ्गजाका दुई जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार १ सय ५४ पुगेको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जम्मा १६ हजार ६ सय ५६ जनाको नमुना परीक्षण गर्दा परीक्षण गरिएकामध्ये झन्डै २१ प्रतिशतमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ८ सय ८५ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा ३८ हजार ३३ जना सक्रिय सङ्क्रमित छन् ।

यस्तै यही अवधिमा थप ३० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार एक सय ८० पुगेको छ ।