‘प्रचण्ड’को भ्याकेट निवेदन सर्वोच्चद्वारा खारेज

prachanda adalat

साउन २१, काठमाण्डौ,

सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दायर गरेको भ्याकेट निवेदन खारेज गरिदिएको छ ।

न्यायाधीशहरू आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा माओवादी अध्यक्ष दाहालको भ्याकेट निवेदनहरूमाथि एकमुष्ट सुनुवाइ गर्दै अन्तरिम आदेश खारेजीको माग अस्वीकार गरेको हो । अदालतको आदेशसँगै माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेको २१ जनप्रतिनिधिको पद कायमै हुने भएको छ ।

नेकपा एमालेमा क्रियाशील भएका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालत दिएपछि दाहालले उक्त आदेश खारेजीको माग भ्याकेट निवेदन दायर गर्नुभएको थियो । इजलासले दाहालले विपक्षी बनाएका २१ जना जनप्रतिनिधिलाई मुद्दाको सूचना दिने आदेश गरेको छ ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि एमाले रोजेका विभिन्न जिल्लाका मेयर, उपमेयर, गाउँपालिकाका पदाधिकारीहरूलाई माओवादी केन्द्रले कारवाही गरी निर्वाचन आयोगबाट पदमुक्त गराएको थियो । पदमुक्त जनप्रतिनिधिहरूलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको थियो ।