राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित

raprapa

जेठ १, कास्की,

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित भएको छ । राप्रपाका तीन जना अध्यक्ष कमल थापा, पशुपति शमशेर जवरा र प्रकाशचन्द्र लोहनीबीच आज भएको छलफलले कोरोना महामारी बढ्दै गएकोले अर्को निर्णय नभएसम्मको लागि महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

राप्रपाले जेठ २२ देखि २५ गतेसम्म काठमाण्डौमा महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको थियो । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने राप्रपाले जनाएको छ ।