संवैधानिक परिषद्को बैठकमा भाग नलिने कांग्रेको निर्णय

dewa

बैशाख २५, काठमाण्डौ,

नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने भएको छ ।

पटक–पटक संघीय संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित काम गरेको भन्दै कांग्रेसले परिषद्को बैठकमा सहभागी नहुने जानकारी गराएको हो ।

सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर सरकारले पछिल्लो पटक ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित भएकोसमेत आरोप लगाउनुभएको छ ।

अध्यादेशमार्फत संविधानको आधारलाई नै भत्काउने काम भएको भन्दै उहाँले कानुन निर्माण र संशोधन गर्ने संसदको आधारभूत, मौलिक एवं अविच्छिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशमार्फत संविधानको संरचना नै भत्किने गरि पटक–पटक अध्यादेश जारी गर्ने काम भएकोले परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने बताउनुभएको छ ।