नेप्से घटेपनि कारेबार रकममा नयाँ किर्तिमान

nepse aaja

साउन ३१, काठमाण्डौ,

हप्ताको पहिलो दिन शेयर बजार परिसूचक मापक नेप्से घटेको छ । उत्पादन र माइक्रो फाइनान्सबाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से २४ दशमलव ८८ अङ्कले घटेर तीन हजार एक सय ५४ दशमलव शून्य तीन विन्दुमा झरेको छ ।

आज नेप्से घटे पनि कारोबार रकमले भने नयाँ कीर्तिमान बनाएको छ । आज दुई सय २२ कम्पनीका तीन करोड ५५ लाख ५० हजार कित्ता शेयर २१ अर्ब ६४ करोड रुपैयाँमा किनबेच भएका छन् ।

यो नेपाली शेयर बजारको इतिहासमा एक दिन भएको सबैभन्दा उच्च कारोबार हो । यसअघि दैनिक कारोबार २० अर्ब रुपैयाँभन्दा धेरै पुगेको थिएन । आज सबैभन्दा धेरै नेपाल बैंकको एक अर्ब पाँच करोड रुपैयाँको कारोबार भएको छ ।