
जेठ ११, कास्की,
सोमबार देखि सम्पर्कविहिन बनेका पोखरा महानगरपालिका–१६ अमरदिपका ५८ वर्षीय नैन सिंह गुरुङ मृत अवस्थामा फेला परेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार गुरुङ घरबाट कसैलाई केहि नभनी सोमबार देखि घरबाट हिँडेका थिए ।
प्रहरी र स्थानीय जनप्रतिनिधि सहित खोजतलास गर्दै जाने क्रममा आज विहान साढे ९ बजेको समयमा पोखराको शान्तिघाटस्थित सेती नहरको ड्यामको बारमा उनी अड्किएको मृत अवस्थामा फेला परेका हुन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यसैबिच
जेठ ३ गतेदेखि हराइरहेका तनहुँका ६५ वर्षीय पुरुष आज मृत फेला परेका छन् । तनहुँ जिल्लाको व्यास नगरपालिका–७ बोटेटार बस्ने अन्दाजी ६५ वर्षका नसे बोटे आज दिउसो ११ बजे सोही नगरपालिकाको वडा नं ५ स्थित फक्सिङ सामुदायिक जंगलको खोल्सीमा मृत अवस्थामा फेला परेका हुन् ।
घटनास्थलमा प्रहरी टोली खटेर सो घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।