चर्चित अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण

Kangana_Ranaut 1

बैशाख २५, एजेन्सी

बलिउड अभिनेत्री कंगना रनावतलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफ्नो ईन्स्टाग्राममार्फत् आफूलाई कोरोना पुष्टि भएको उल्लेख गरेकी छिन्।

उनले एक फोटो सार्वजनिक गर्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन्। उनले असजिलो महशुस गरेको केही दिनमा कोरोना जाँच गराएकी थिइन्। उनले सार्वजनिक ठाउँहरुमा समेत मास्कविना हिँड्दा उनलाई धेरै मानिसले आलोचना समेत गरेका थिए।

कोरोना संक्रमित भएपछि अहिले उनी होम आइसोलेसनमा बसेकी छिन्। उनले कोरोनालाई सिजनल फ्लू रहेको र चाँडै यसलाई परास्त गर्ने पनि उल्लेख गरेकी छिन्। कंगनाले कोरोनासंग डराए यसले थप असर पुर्‍याउने बताएकी छिन्।

कंगगनालाई हालै ट्विटरले निलम्बन गरेको छ। निलम्बन भएपछि उनी अहिले इन्स्टाग्रामको साहारा लिइरहेकी छिन्।