पूर्वरथी बालानन्द शर्मा सीसीएमसीको सीईओमा नियुक्त

Bala-nanda-sharma

जेठ ११, काठमाण्डौ,


कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृत सीईओमा पूर्वरथी बालानन्द शर्मा नियुक्त हुनुभएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक समितिको सीईओमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभएको छ । उहाँलाई सरकारले सचिव सरहको सेवा सुविधा दिएर नियुक्त गरिएको हो ।
यसअघि उपप्रधानमन्त्री ईश्वर पोख्रेल संयोजक रहेको सीसीएमसीले खासै काम गर्न नसकेको गुनासोपछि प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति बनाइएको छ । यसको लागि अध्यादेश जारी भइसकेको छ ।