टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी पनि सेमिफाइलन पुग्न सकेनन्

alexgender_shah

साउन १२, कास्की,

जापानमा चलिरहेको टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी अलेक्जेन्डर शाह एलेक्सले हिट चरण पार गरेका छन् । पुरुषको एक सय मिटर फ्री स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै एलेक्सले हिट चरण पार गरेका हुन् ।
एलेक्सले ५३ दशमलव ४१ सेकेन्डको समयमा एक सय मिटरको दुरी पार गरे । यसअघि उनकै नाममा ५५ दशमलव ३८ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।
एक सय मिटर फ्री स्टाइलमा प्रतिस्पर्धामा ७१ जना खेलाडीमध्ये एलेक्स ५९ स्थानमा रहन सफल भए । उनी सेमिफाइनल पुग्नबाट भने चुकेका छन् । पौडीकै गौरिका सिंहले भोलि बुधवार खेल्दै छिन् । यसअघि नेपालका शुटिङ र जुडोका दुई जना खेलाडी प्रारम्भिक चरणबाटै बाहिरिएका छन् ।