गण्डकीमा ७ सय ९१ सहित देशभर थप ४ हजार ४ सय ७२ जनामा जनामा कोरोना संक्रमण पुष्टी

UPDATE

जेठ २४, पोखरा,

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका थप ७ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २ हजार ४ सय १५ जनामा गरिएको नमुना परीक्षणमा ७ सय ९१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

सोमबार पुष्टि भएका थप संक्रमितहरुमा कास्कीका १ सय ६५ जना सहित गोरखाका १ सय ९६, नवलपुरका १ सय २५, तनहुँका ७०, लमजुङका ६७, स्याङ्गजाका ५६, पर्वतका २९, बाग्लुङका ५७ र म्याग्दीका २६ जना रहेको निर्देशनालयले बताएको छ । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४७ हजार २ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १ हजार ५३० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३८ हजार ६६ पुगेको छ ।

त्यस्तै कास्कीमा केही हप्ताको तुलनामा कोरोना संक्रमितको मृत्यु संख्यामा केही कमी आएपनि पछिल्ला दिनमा कमी आउन सकेको छैन । अहिले दिनहुजसो ६र७ जनाको हाराहारीमा मृत्यु हुने गरेको तथ्यांक छ । सोमबार पनि गण्डकी प्रदेशभर थप १७ जनाको मृत्यु पुष्टि हुँदा कास्कीका मात्रै ६ जना रहेका छन् ।

त्यस्तै तनहुँ, लमजुङ, बाग्लुङ, म्याग्दी र स्याङ्गजाका एकएक जना तथा नवलपुरका चार जना र पर्वतका दुई जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ सय ७९ पुगेको निर्देशनालयले जनाएको छ ।

यसैबिच
देशभर गएको २४ घण्टामा ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार दुई जनाको आरटी÷पीसीआर र पाँच हजार नौ सय एक जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा चार हजार चार सय ७२ जनामा सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको कुल सङ्ख्या ६ लाख ६ हजार एक सय ५५ पुगेको छ । गएको २४ घण्टामा ६ हजार नौ सय ५१ जना सङ्क्रमणमुक्त भएसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या चार लाख ९७ हजार नौ सय ६० पुगेको मन्त्रालयले जनाएको छ । अहिले कोरोना सङ्क्रमण निको हुने दर ८४ दशमलव २ प्रतिशत पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९२ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात हजार नौ सय ९० पुगेको छ ।