कोरोना भाइरसको उत्पत्तिको विषयलाई लिएर अमेरिका र चीनको सम्बन्ध फेरी चिसियो

america chin

जेठ १४, एजेन्सी,


कोरोना भाइरसको उत्पत्तिको विषयलाई लिएर अमेरिका र चीनको सम्बन्ध फेरी चिसिएको छ । अमेरिकाले कोभिड १९ को उत्पत्तिबारे थप अनुसन्धान गर्ने जनाएपछि चिनले यसको विरोध गरेको हो ।
अमेरिका र बहुराष्ट्रिय प्रयासहरु राजनीतिक अभिष्ठबाट प्रेरित भएको आरोप लगाउँदै चीनले भाइरसको उत्पत्तिबारे आफै स्वतन्त्र छानविन गर्ने जनाएको हो । सन् २०१९ को अन्त्यमा चीनको वुहान शहरमा पहिलो पटक कोरोना भाइरसका संक्रमित भेटिएका थिए ।
अमेरिकाले चीनको एउटा प्रयोगशालाबाटै यो भाईरस चुहावट भएको र विश्वभर फैलिएको हुनसक्ने तर्क गर्दै आएको छ । तर चीनले भने यसलाई अस्विकार गरिरहेको छ । भाईरसको उत्पत्तिलाई लिएर चिनमाथि पुराना रिसीबीहरु साँध्ने काम भईरहेको उसको आरोप छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले भाईरसको उत्पत्तिबारे अमेरिकी जासुसी निकायले गरेको छानविनको प्रतिवेदन सार्वजनिक गर्ने तयारी भईरहेको बेला चीनले स्पष्ट भाषामा अमेरिकी प्रयासलाई निरर्थक बताएको हो ।