निषेधाज्ञा उल्लङ्घन गर्ने २ सय १३ सवारीसाधनलाई कारवाही

traffic 1

भदौ ४, कास्की,

पोखरामा शुक्रबार बिहान मात्रै निषेधाज्ञाको उल्लङ्घन गर्ने २ सय १३ वटा सवारीसाधनलाई कारवाही गरिएको छ ।

कास्की जिल्लामा प्रशासनले गएराति १२ बजेदेखि लागू हुने गरी भदौ १० गते सम्मकालागि अत्यावश्यक वाहेक अन्य सवारिसाधनमा जोरबिजोर प्रणाली लागु गरेको छ ।

थप गरेको निषेधाज्ञाको उल्लङ्घन गर्ने १८८ वटा दुई पाङ्ग्रे तथा २५ वटा चार पाङ्ग्रे सवारीसाधनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एस.पी.) रमेश थापाले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई दिनभर होल्ड गराएर, सम्झाई बुझाइ गरेर साँझ छाडिने र अटेर गरी निषेधाज्ञाको उल्लङ्घन गर्ने क्रम नरोकिएमा कानुन अनुसार कारवाही गरिने एसपी थापाले चेतावनी दिनुभयो ।

पोखरा बजार क्षेत्रका महेन्द्रपुल, चिप्लेढुङगा, बगर, पृथ्वीचोक, सभागृह चोक, जिरो किलोमिटर लगायत कास्की जिल्ला भित्रिने मुख्य चेक पोइन्टहरुमा चेक जाँच कडा पारिएको एसपी थापाले बताउनुभयो ।

उहाँले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले लगाएको निषेधाज्ञा आदेश अनुसार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरू जोर गते जोर नम्बर तथा बिजोर गते बिजोर नम्बरका गाडी मात्र चलाउन आग्रह गर्नुभयो ।