मदन पुरस्कारका लागि नौ पुस्तकको छनौट

madan-puraskar 1

साउन १५, कास्की,

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७७’ को लागि छनोट गरेका नौवटा पुस्तकहरुको सूची सार्वजनिक गरेको छ । सूचीमा प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेशन कुँवरको रमिते र भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह १७१९-२०२० छन् ।

यसैगरी सूचिमा गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान रहेका छन् ।

गुठीका अनुसार २०७७ सालको पुरस्कारका लागि २२२ वटा पुस्तक प्राप्त भएकामा ती मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न समिति गठन गरिएको थियो । समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको हो ।

अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनौटको एउटा आधार बनाइएको गुठीले जनाएको छ । छनौटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार अर्पण गरिनेछ।