अनेरास्ववियुको कास्की कमिटीलाई पूर्णता

kaski kamiti

साउन १२, कास्की,

अनेरास्ववियुको कास्की जिल्ला कमिटीले पूर्णता पाएको छ । कमिटी अध्यक्ष बज्रराज अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न व्यक्तिलाई जिम्मेवारी दिँदै पूर्णता दिएको हो ।

जसको उपाध्यक्षमा दिपक आचार्य, पुजा दवाडी, शुष्मा श्रेष्ठ, सचिवमा सन्तोष बराल सहसचिवहरुमा ईशु श्रेष्ठ, शंकर लामिछाने, प्रताप शाह, सविन बराल, सुनिल ढकाल, मन्जिला नेपाली, रवि तिमिल्सिना, कोषाध्यक्षमा सागर खनाल चयन भएका छन् ।

त्यस्तै सचिवालय सदस्यमा विजिता थापा, अपेक्षा रानाभाट, ज्योति रानाभाट, निराजन खड्का, सागर पराजुली, सृष्टी पौडेल, सुमन सुवेदी, समिर पौडेल, शहनशिल बराल, प्रवेश ज्यू ठकुरी, होम तामाङ, लक्ष्मण बहादुर राना, नविन रसाइली, नन्दिता सुनार रहेका छन् ।

त्यसैगरि सोही बैठकले प्रवेश ज्यू ठकुरीको अध्यक्षतामा अखिल फोर्स विभाग समेत गठन गरेको छ । जसको उपाध्यक्षमा सकिल हमाल, सचिवमा होम तामाङ, कोषाध्यक्षमा सुदिप मगर, सहसचिवमा सुमन पुन र राजन केसी चयन भएका छन् ।