कास्कीमा साउन २७ गतेसम्म निषेधाज्ञा लम्बियो (विज्ञप्ति सहित)

nisedh

साउन १९, कास्की,

कास्कीमा साउन २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको प्रशासनले जानकारी दिएको छ ।

कास्की प्रशासनले कोभिड १९ को संक्रमणदर र मृत्युदर बढ्दै गएकोले यसअघि साउन ३ गते जारी गरिएको निषेधाज्ञालाई साउन २७ गतेसम्म निरन्तरता दिएको जनाएको छ । यस अघि स्थिति अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि साउन २० गतेसम्म थप गरिएको थियो ।

निषेधाज्ञामा कास्की जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाइएको छ भने लामो दुरीका सवारी साधन सम्बन्धित संघ सस्थाको सिफारिशको आधारमा जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरि संचालन गर्न पाइनेछ । जिल्लामा अहिले भैरहेको अवस्थाको निशेधाज्ञालाई श्रावण २७ गतेसम्म निरन्तरता दिने भएको हो ।