नेकपा माओवादी केन्द्रको बैठकमा अध्यक्ष प्रचण्डद्धारा प्रस्तुत राजनीतिक र संगठनात्मक प्रस्तावमाथि छलफल जारी (प्रस्तावको पूर्णपाठ सहित)

maooo_badi

साउन ३०, काठमाण्डौ,

नेकपा (माओवादी केन्द्र)को शनिबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक र संगठनात्मक प्रस्ताव माथि छलफल जारि रहेको छ ।

प्रस्तावमा उहाँले एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई कूटनीतिक संवादको माध्यमबाट हल गरिने, नेकपाको स्वामित्व आफूहरूले लिनुपर्ने, साथै निर्वाचनसम्म गठबन्धन कायम राख्ने पार्टीको नीति हुने लगायतका कुरा उल्लेख गर्नुभएको छ ।

प्रचण्डको प्रतिवेदनमा नेकपा गठन गर्नु ठीक भएता पनि केपी शर्मा ओलीको कारण विघटन हुन पुगेको पनि उल्लेख गरिएको छ ।

यस्तै केन्द्रीय समितिको पूर्ण बैठकमा एमसीसीको बारेमा थप स्पष्टता हुनुपर्ने सुझाव पेस भएको छ । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिने क्रममा लुम्बिनी समूहले एमसीसीको बारेमा थप स्पष्टता हुनुपर्ने भन्दै एमसीसीबारे प्रतिवेदन पूर्ण नभएको उल्लेख गरेको छ । यस्तै लिपुलेक र लिम्पियाधुराको भूमि प्राप्तिको विषयमा थप प्रस्टता हुनुपर्ने सुझाव लुम्बिनी समूहले दिएको छ ।

अध्यक्ष दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि समूहगत रुपपमा सुझाव दिने क्रम चलिरहेको छ । आठ समुहमा रहेर प्रतिवेदनमाथि सुझाव संकलन भइरहेको छ बैठकमा सहभागी एक नेताले बताउनुभयो ।

यस्तो छ पूर्ण पाठ…