कास्कीका २ सय २ सहित थप ३ हजार ६ सय ११ जनामा सङ्क्रमण पुष्टि,गण्डकी प्रदेशका ५ सहित २७ जनाको मृत्यु

corona

साउन १५, कास्की,

शुक्रबार गण्डकीका थप ४ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २ सय ६३ जनामा गरिएको नमुना परीक्षणमा थप ४ सय ६७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका २ सय २ जना सहित, नवलपुरका १ सय ४ जना, गोरखाका ६० जना, लमजुङका ४० जना, स्याङ्गजाका २६ जना, बागलुङका १९ जना, पर्वतका ६ जना, तनहुँका ५ जना, म्याग्दीका ३ जना र मनाङका २ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २३ जना मात्रै कोरोनामुक्त भएका छन् भने थप ५ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका तीन जना र स्याङ्गजाका दुई जना रहेका छन् । अहिले गण्डकी प्रदेशमा ५ हजार ७ सय ५७ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् ।
यसैबिच
देशभर थप ३ हजार ६ सय ११ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ६ सय ६१ जनामा गरिएको परिक्षणमा झन्डै २५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

देशभरबाट २४ घण्टामा १ हजार ८ सय १६ जना सङ्क्रमणमुक्त भएका छन् भने यही अवधिमा थप २७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या ९ हजार ८ सय ३४ पुगेको छ । अहिले देशभर ३१ हजार १४ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।