शेयर बजारमा आज १३ अर्बभन्दा धेरैको कारोबार

nepse

साउन १३, कास्की,

शेयर बजार परिसूचक नेप्से आज बिहीवार पनि बढेको छ । बैंक, जलविद्युत् र उत्पादन समूहबाहेक अरू समूहको शेयर बढेपछि नेप्से १५ दशमलव ३ अङ्कले बढेर तीन हजार ९४ दशमलव ९४ विन्दुमा पुगको छ ।

आज व्यापार समूहको शेयर १६ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको ४८ अङ्कले, होटल समूहको दुई सय ५७ अङ्कले, फाइनान्स समूहको ७०, माइक्रो फाइनान्स समूहको ३७, अन्यको २०, जीवन बीमा समूहको चार सय ३१ र निर्जीवन बीमा समूहको शेयर चार सय ४९ अङ्कले बढेको छ ।

आज दुई सय १९ कम्पनीका दुई करोड ८१ लाख कित्ता शेयर १३ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै युनाइटेड मर्दी हाइड्रोको ३८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।