कोरोना शंक्रमण बढ्यो भन्दैमा पटक पटक व्यावसाय बन्द गरेर हुँदैन : अर्थमन्त्री बराल

bewasaye artha mantri

साउन १६, कास्की,

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले कोरोना शंक्रमण बढ्यो भन्दैमा पटक पटक व्यावसाय बन्द गरेर नहुने बताउनुभएको छ । उहाँले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्दै व्यवसाय संचालनको कुनै विकल्प नभएको बताउनुभएको छ ।

पोखरा १८ को फेवा पर्यटन विकास समितिले शनिबार पोखरामा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा वोल्दै मन्त्री बरालले मान्छे अब कोरोनाको रोग र भोक तथा ऋणले गर्दा थप प्रभावित हुन सक्ने भन्दै व्यवसाय वन्द गर्न नहुने धारणा राख्नुभएको हो ।

कोरोनाले सबै भन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्रलाई पुनःउत्थानको लागि कोरोना बिरुद्धको खोप पनि एक भएकोले खोप व्यबस्थापनमा संघिय सरकारले छिटो पहल गर्नु पर्नेमा मन्त्री बरालले जोड दिनुभएको छ ।

त्यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले फेवा पर्यटन समितिले राखेका मागहरुलाई पुरा गर्न आफ्नो क्षेत्रबाट पहल हुने बताउनुभयो ।

कार्यक्रममा पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापा, समितिका अध्यक्ष राम कुमार राई, उपाध्यक्ष अर्जुन सुवेदी लगायतले कोरोनाका कारण पर्यैटन व्यवसायि मारमा परेको भन्दै व्यवसायिहरुको समस्या समाधान तर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभएको थियो ।