आजेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने

buses

साउन ९, काठमाण्डौ,

जिल्ला प्रशासन कार्यालय काठमाडौले शनिबार (आज)देखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । यातायात सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले यातायात व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।

त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायहरूका परीक्षा सार्वजनिक भएकाले देशका विभिन्न भागबाट हुने परीक्षार्थी र सर्वसाधारणहरूको आवतजावतलाई सहज बनाउन यातायात सञ्चालन गर्न लागिएको हो ।

साथै यात्रुहरूले अनिवार्य रूपमा काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।