प्रि–मनसुन सक्रिय हुदा देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

mausam sanket

बैशाख २३, कास्की,

आजदेखि फेरि प्रि–मनसुन थप सक्रिय भएको छ । गएको फागुन १७ गतेदेखि सुरु भएको प्रि–मनसुन आजदेखि थप सक्रिय भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणाली, देशको दक्षिण भू–भाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बङरगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव छ । आज र भोलि मनसुन केही बढी सक्रिय भएर देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो । पर्सिदेखि भने फेरि मनसुनको प्रभाव कम हुँदै जाने उहाँको भनाई छ । अहिले देशभरको मौसम पूर्णदेखि आंशिक बद्ली भएको छ भने प्रदेश एक र गण्डकी प्रदेशका केही ठाउँहरुमा पानी परिरहेको छ ।

दिउँसो देशका धेरैजसो पहाडी ठाउँहरुमा मेघगर्जन, हावाहुरी र चट्याङ्गसहितको पानी पर्ने सम्भावना रहेको छ । यी ठाउँहरुमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।